एमालेद्वारा अविश्वासको प्रस्तावमाथि छलफल गराउन खोजिए संसद्को बैठक चल्न नदिने निर्णय

सत्तारुढ नेकपा एमालेले बजेटसँग सम्बन्धी विधेयक पारित गर्नुपहिले अविश्वासको प्रस्तावमाथि छलफल गराउन खोजिए व्यवस्थापिका संसद्को बैठक चल्न नदिने निर्णय गरेको छ ।
एमालेको संसदीय दलको बुधबार संसद् भवनमा बसेको बैठकले बजेटसँग सम्बन्धित विधेयकहरु अविश्वासको प्रस्ताव दर्ता हुनु पूर्व नै कार्यसूचीमा चढिसकेकाले पहिले नै कार्यसूचीमा चढिसकेका बजेटसँग सम्बन्धित विधेयकलाई विहिवारको कार्यसूचीमा नराखिए संसद् बैठक चल्न नदिने निर्णय गरेको हो ।
संसदीय दलले सुरुमा सभामुख ओनसरी घर्तीसँग बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा नराखिनुको कारण सोधी अविश्वासको प्रस्ताव पहिले विधेयककहरु पारित गर्न आग्रह गर्ने र नमाने संसद बैठक चल्न नदिने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
सभामुख ओनसरी घर्तीले यसअघि नै विहिवारको बैठकका लागि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तोकी सांसद्हरुलाई सूचित गरिसक्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पहिले पारित गरिएको अवस्थामा अविश्वासको प्रस्तावको सामना गर्ने एमालेको निर्णय छ । सेतोपाटीमा समाचार छ ।