कांग्रेस नेता प्रकाशमान सिंहले अविश्वासको प्रस्ताव दर्ता भएपछि केपी ओली सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने बताएका छन् ।
सिंहले पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गर्दै ओली सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले खारेज गर्ने चेतावनी दिए ।
३४ औं बीपी स्मृति दिवसको अवसरमा नेविसंघले शान्ति बाटिकामा आयोजना गरेको चियापान तथा दीप प्रज्ज्वलन कार्यक्रमलाई बिहीबार साँझ सम्बोधन गर्दै सिंहले राजनीतिक आधार गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । कान्तिपुरमा समाचार छ ।