मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
शनिबार राजधानीमा बसेको पार्टी संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक एकेन्द्र चौधरीले हामीलाई जानकारी दिए ।
उनले मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई राजीनामापत्र बुझाएकोसमेत बताए ।
फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र रामजनम चौधरी स्वास्थ्यमन्त्री थिए ।
त्यस्तै, मुस्ताक आलम स्वास्थ्य राज्यमन्त्री थिए ।
व्यवस्थापिका-संसदमा फोरम लोकतान्त्रिकका १४ जना सांसद छन् । इमेजखबरमा समाचार छ ।