चिकित्साशिक्षा क्षेत्र सुधारको माग गर्दै आठौंपटक अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले सोमबार १६औं दिनमा अनशन तोडेका छन् र त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचारका लागि आएका बिरामीको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् ।
सरकारी वार्ता टोलीसँग आइतबार राति ४ बुँदे सहमति भएपछि केसीले सोमबार अनशन तोडेका हुन् ।
शिक्षण अस्पताल महाराजन्जमा उपचारका लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छोराको उपचार गर्न आएकी अनीता यादव र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् । इमेजखबरमा समाचार छ ।