प्युठानका बाढीपीडितलाई सहयोग गर्न कोष खडा, अहिलेसम्ममा २४ जनाको मृत्यु, १५ जना अझै बेपत्ता

प्युठान जिल्लाको विभिन्न भागमा गएको पहिरोका कारण अहिलेसम्ममा २४ जनाको मृत्यु भइसकेको छ। प्रमुख जिल्ला अधिकारी जनक राज पन्तका अनुसार १५ जना अझै बेपत्ता रहेका छन्।  सेतोपाटीमा समाचार छ । 
 
सेतोपाटीसँग कुराकानी गर्दै उनले भने ‘अहिले खोलाहरुको बहाब बिस्तारै घट्दै गएको छ, जसले गर्दा खोजि पक्रिया अलि सहज भएको छ तर १५ जना अझै  बेपत्ता रहेका छन्।’ उनका अनुसार प्युठानको लुङ, खवाङ, फोप्ली र पुजाँ गाबीस पहिरोको कारण सबैभन्दा बढि प्रभावित भएका छन्।
 
त्यस्तै राहत तथा उद्धारको लागि एक कोषको समेत स्थापना भएको छ। कोषका सदस्य खगेश्वर केसीका अनुसार हालसम्म १ लाख ८० रुपैयाँ जम्मा भइसकेको छ। राहत उद्दार पुर्नस्थापना कोष प्युठानको राष्ट्रिय बाणिज्य बैंकमा ११३०००३९०५०१ खाता खोलिएको छ।