बाजुरामा पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा घाइते

बाजुरामा पहिरोमा च्यापिएर सोमवार बडीमालिका नगरपालिका कोर्द गाउाका ६० वर्षीय बिरे चादाराको मृत्यु भएको छ  ।  भने उनका २१ वर्षीय छोरा उमेश घाइते छन् । 
विहानै मोई बिरोल्ने ठेकी बनाउने काठ खोज्दै जंगलमा हिडेका बाबुछोरा अकस्मात माथिबाट खसेको पहिरोमा परि च्यापिएका हुन् । छोरा उम्कन सफल भएपनि बाबु भने पहिरोमै च्यापिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दलबहादुर बोगटीले बताए । 
घटनास्थल सदरमुकामबाट करिब तीन घण्टाको दुरीमा पर्छ । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइदै गरेको भएपनि मृतकको भने पहिरोबाट शव समेत झिक्न सकिएको छैन् । 
‘धेरै ठूलो पहिरो भएकाले शब निकाल्न सकिएको छैन’, प्रहरी नायव उपरीक्षक बोगटीले भने । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयले शव झिक्ने उपाय गरिरहेका छन् ।
गाउाघरमा चादारा समूदायकाहरुले काठको ठेकी बनाएर बिक्रि वितरण गर्ने गर्दछन् । यही पेशाबाट गुजारा गर्दै आएका बिरे चादाराको ठेकीको काठ खोज्ने क्रममा पहिरोमा परी मृत्यु भएको स्थानीयले बताए । ठेकी बनाउने काठ जहाात्यहीा पाइदैन् । इमेजखबरमा समाचार छ ।