पूर्वप्रधानमन्त्री ओलीद्वारा आफूले ल्याएका विकास योजनाको स्रोत नभेटे आफूलाई लिखित निवेदन दिन सरकारसँग आग्रह

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ल्याएका विकास निर्माणका योजनाहरु अघि बढाउन स्रोत नभेटे आफूलाई लिखितरुपमा निवेदन दिन सरकारसँग आग्रह गरेका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘लिखितरुपमा आग्रह गरेमात्रै स्रोत कसरी जुट्छ भन्ने बताइदिन्छु – भने ।
आफ्नो नेतृत्वको सरकारलाई ‘म्यादी सरकार’ भनेर व्यंग्य गरिएकोप्रति आक्रोशित हुँदै ओलीले वर्तमान सरकार त लिखितरुपमै म्यादी भएको टिप्पणी गरे ।
वर्तमान सरकार ‘अरुकै इशारामा चलको