मर्न तयार छु कसैको आश्वासनको भरमा अनशन तोडदिन: गंगामाया अधिकारी (भिडियो सहित)


छोरा कृष्णप्रसादका हत्यारालाई
कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनशनमा रहेकी गोरखा
,फुजेलकी गंगामाया अधिकारीले विहीबारदेखि आमरण अनशन
सुरु गरेकी छन् ।

हत्याको आरोप लागेका छविलाल
पौड्याललगायतलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएसम्म अनशन नतोड्ने पनि उनले
बताएकी छन् । आरोपी पौडेललाई पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्न सर्वोच्च अदालतले
दिएको आदेश कार्यान्वयन नभएपछि गंगामायाले केही दिनअघि सरकारलाई अल्टिमेटम
दिएकी थिइन् । अब आफू मर्न तयारभएको भन्दै गंगामायाले
कसैको आश्वासनको भरमा अनशन नतोड्ने पनि स्पस्ट पारेकी छन् । विगत ६ वर्षदेखि छोराका
हत्यारालाई कारबाही गर्न माग राख्दै लामो संघर्ष गर्दै आएकी गंगामायाले अब सरकारबाट
न्याय पाउने आशा मरेको पनि बताइन् ।

गंगामायाका श्रीमान नन्दप्रसादको दुई वर्षअघि अनशनकैक्रममा
निधन भएको थियो । गंगामायाका कान्छाछोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१
सालको जेठमा चितवनमा गोली हानेर मारेका थिए । इमेजखबरले लेखेको छ ।