बैतडीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नम्बरको बस सोमबार दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत् बैतडीको सिद्धेश्वर-३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।
मृत्यु हुनेको सनाखत गर्ने प्रयास भइरहेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक रुपसिंह थापाले राससलाई जानकारी दिए ।
बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।
घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । रासस