अन्तत नेविसंघको विवाद मिल्यो, पार्टी सभापति देउवा र पौडेलबीच मतदाता नामावली सूची छानविन गरी सच्याउने सहमति

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतदाता नामावली सूची छानविन गरी सच्याउने सहमति भएपछि नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद टुंगिने सम्भावना बढेको छ। ३४६० प्रतिनिधि रहेकोमा निर्देशक समितिको निर्णयविपरीत तीन सय प्रतिनिधि थपिएको भन्दै नेविसंघमा विवाद निम्तिएको थियो। 
 
नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार दुबै नेताबीच नामावली सूची सच्याउने सहमति भएको छ। मतदाता नामावली छानविन गरेर प्रतिनिधि विवाद समाधान गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन दुबै नेता सहमत भएका छन्। 
 
भोलि ८ बजेसम्मका लागि मनोनयनको समय बढाइएको छ। मनोनयपछि दाबीबिरोध र निर्वाचन कार्यक्रम अगाडि बढ्ने लामिछानेले बताए। सेतोपाटीमा समाचार छ ।