हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा बुटवलको कालिकानगरस्थित अभियानपथमा मंगलबार दुई दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका-२० का १० वर्षीय रोहित क्षत्री र उनका भाइ ६ वर्षीय रोहन क्षेत्री छन् ।
उनीहरु कालिकानगर अभियानपथमा खेलिरहेकाबेला तार खसेर करेन्ट लागेको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पा लैजानको लागि लगिएको विद्युत लाइन दिउँसो साढे १ बजे पोलबाट चँुंडिएर सडक किनारमा रहेका बालकहरुमाथि खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको हो । सखुवानीबाट साइकलमा बुटवल आएका उनीहरु गर्मी भयो भन्दै सडक किनारमा रहेको छहारीमा बसकेको बेला विद्युत लाइन चुँडिएको प्रहरीले जनाएको छ।
मृतक बालकका बाबु गोपाल ट्याक्टर चालक रहेको र आमा बसन्ती सामान्य ज्याला मजदुरी गर्ने गरेको प्रहरीले जनाएको छ। इमेजखबरमा समाचार छ ।