काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई ६ लाख रुपैयाँ

काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनाका पीडित परिवारले आफन्तको शव बुझेका छन् ।
अरनिको यातायात सेवा समिति र पीडित परिबारबीच सहमति भएपछि आफन्तले शव बुझेका हुन् ।
समितिले प्रतिमृतक ६ लाख रुपैयाँ र घाइतेको निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएपछि पीडित परिवारले धुलिखेल अस्पतालबाट शव बुझेका हुन् ।
गत सोमवार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने २८ जना गम्भीर घाइते भएका छन् । इमेजखबरमा समाचार छ ।