बैतडीको उदयदेब-९ मकैलमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । शनिबार साँझ ७ बजेतिर घर नजिकै मकै बारी छेउमा रहेका बेला स्थानीय हिरा चन्दकी ७ वर्षिया छोरी चञ्चलामाथि चितुवाले आक्रमण गरेको हो ।
उनको शव ३ घण्टा पछि नजिकैको जंगलमा आधा खाएको अवस्थामा भेट्टिएको स्थानीय प्रेम चन्दले बताए । उनी गंगेश्वर प्रावि मकैलमा २ कक्षामा अध्ययनरत रहेकी थिईन् । ४ वर्षयता बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले २८ जनाको ज्यान लिईसकेको छ । कान्तिपुरमा समाचार छ ।