संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको निवास महेन्द्र मन्जिलमा बिजुली लाइन जोडिदिने आशयको पत्र उर्जा मन्त्रालयलाई पठाएको छ।
मन्त्रालयले नारायणहिटी दरबार संग्राहलय भित्र पर्ने सबै सरकारी सम्पत्ति भएको र त्यसको खर्च सरकारले ब्यहोर्ने ब्यहोराको पत्र उर्जालाई पठाएको हो। मन्त्रालयका प्रवक्ता घनश्याम भुषालले आफूहरुले महेन्द्र मन्जिलको बिजुली बिलका लागि अर्थ मन्त्रालयसँग निकासा मागेपनि पैसा नआएको पैसा आउनासाथ बिजुलीको बिल भुक्तानी हुने व्यहोराको पत्र सोमबार उर्जालाई पठाइएको बताए।