अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका प्रमुख लोकामानसिंह कार्कीले आफूले अदालतको अवहेलना नगरेको भन्दै
सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्।
असार २७ गते
सर्वोच्चले तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन बोलाए पनि उनले एक महिनापछि भदौ
१ मा वारेसमार्फत लिखितजवाफ पठाएका हुन्।
अदालतको आदेशविपरीत
हुने गरी आफ्ना पति कनकमणि दीक्षितलाई पक्राउ गर्न लगाएको भन्दै श्रीमती शान्ता दीक्षितले
दिएको मुद्दामा सर्वोच्चले लोकमानलाई बोलाएको थियो।
लोकमानले आफूले
सधैँ अदालतको आदेशको पालना गर्ने जिकिर गर्दै दीक्षितले दिएको निवेदन झुटो भएको दाबी
गरेका छन्। त्यसैले उक्त निवेदन खारेज गर्न सर्वोच्चसमक्ष माग पनि गरेका छन्।
म लिखित जवाफ
प्रस्तुतकर्ता प्रमुख आयुक्त सम्मानित अदालतको आदेश एवं फैसलाहरुको पूर्णरुपमा परिपालना
गर्दै आएको र सदैव प्रतिवद्ध रही आदालको गरिमा मर्यादामा कुनै आँच आउने कार्य नगरेकाले
विपक्षी निवेदिकाले अदालतको अवहेलना भयो भनि दिएको निवेदन झुठा,बनावटी,कपोलकल्पित र भ्रामक भएकोले निवेदिकाको झुट्ठा निवेदन खारेज
गरिपाउँ, लोकमानको लिखित
जवाफमा उल्लेख छ।
साझा यातायातका अध्यक्ष दीक्षितलाई भ्रष्टाचार छानविन
गर्न भन्दै अख्तियारले वैशाख १० गते पक्राउ गरेको थियो।
दीक्षितकै
रिटमा सर्वोच्चले आयोगले निर्णय नगरी र प्रयोजन नखुलाइकन कसैलाई कुनै कारबाही नगर्न
गरेको आदेशलाई बेवास्ता गरेर लोकमानकै आदेशमा आफ्ना पति कनकलाई पक्राउ गरेको शान्ताको
जिकिर थियो। वैशाख २२ गते सर्वोच्च अदालतको
अवहेलना मुद्दा दिएकी थिइन्।
आयोगको पूर्ण
बैठकले निर्णय नगरी कसैलाई बयान लिन नबोलाउनू वा पक्राउ नगर्नू भन्ने अदालतको आदेश
अवज्ञा गर्दै आफ्ना पतिलाई पक्राउ गर्न पठाएको भन्ने शान्ताको जिकिर छ।
लोकमानले भने
प्रमुखले गर्ने निर्णय आयोगको हुने जिकिर गरेका छन्।
प्रमुख आयुक्तको
पद नेपालको संविधानबमोजिम गठित संवैधानिक अंगको प्रमुख हो। पदाधिकारीको हैसियतले मबाट
हुने सबै काम कारवाही आयोगका काम कारबाहीहरु हुन्, उनले भनेका छन्। सेटोपाटीमा खबर छ ।
कात्तिकमा
दीक्षितलाई अख्तियारले वयानका लागि आउन भन्दै पत्र काटेको थियो। अख्तियारले रित नपुर्याई
कुनै अभियोगबिनै आफूलाई यस्तो पत्र पठाएकोले
बदर गर्न माग गर्दै दीक्षितले सर्वोच्चमा रिट दिएका थिए।
सर्वोच्चले
भने दीक्षितले अख्तियारलाई सहयोगै गरेको देखिएको भन्दै उनले मागेअनुसारको अन्तरिम नदिए
पनि प्रयोजन नखुलाई यसरी कसैलाई कारबाही नगर्न अख्तियारलाई आदेश गरेको थियो।
लोकमानले भने
दीक्षित साझा सहकारी संस्था लिमिटेडमा रहँदा गैरकानूनी सम्पत्ती आर्जन गरेको भन्दै
पटकपटक आयोगसमक्ष उजुरी परेको जवाफ अदालतलाई दिएका छन्। उनले अवहेलना गरेको भन्ने निवेदन
पूर्वाग्रहपूर्ण रहेको पनि उल्लेख गरेका छन्।
म प्रमुख आयुक्तको
एकल निर्णय वा संलग्नताबाट मात्र आयोगको निर्णय हुदैन। प्रस्तुत विषयमा निर्णयमा संलग्न
रहेका अन्य पदाधिककारीलाई विपक्षी नबनाई मलाई मात्र विपक्षी बनाइनुबाट पनि विपक्षीको
नियत सफा नरहेको प्रष्ट हुन्छ, उनले भनेका
छन्।
सर्वोच्च अदालतले
कार्कीलाई श्रीमती दीक्षितले भनेअनुसार अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने
कारणसहित जवाफ दिन आदेश गरेको थियो। सेतोपटीमा खबर छ ।



