लामो समयदेखि विद्युत महसूल नबुझाएका उपभोक्ताहरुको
विद्युत कनेक्शन काट्ने राष्ट्रिय अभियान अन्तर्गत सोमवार विश्वप्रसिद्ध जानकी मन्दिरसंगै
६ वटा मठ मन्दिर,अस्पताल एवं
सरकारी कार्यालयको बिजुली काटिएका छन् ।
विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख
जितेन्द्र झाका अनुसार जानकी मन्दिर,लक्ष्मण मन्दिर, राम जानकी विवाह
मण्डप, जनकपुर अञ्चल
अस्पताल, मैक्स प्लाष्टिक
उद्योग तथा सडक डिभिजन कार्यालयको कनेक्शन काटिएको हो ।
विश्व प्रसिद्ध जानकी मन्दिरले विगत ३० वर्षदेखि
विद्युत महसूल बुझाएको थिएन । मन्दिरमाथि ६५ लाख भन्दा बढी रकम बक्यौता रहेको प्रमुख
झाले जानकारी दिए । यसै गरी लामो समयदेखि महसुल नबुझाएका लक्ष्मण मन्दिरमाथि १७ लाख, रामजानकी विवाह
मण्डप माथि साढे ७ लाख, जनकपुर अञ्चल
अस्पतालमाथि ६० लाख, मैक्स प्लास्टिकमाथि
साढे ५ लाख तथा सडक डिभिजन कार्यालयमाथि सवा ३ लाख बक्यौता रहेको जानकारी झाले दिए
।
विद्युत कनेक्शन काटिए पछि, जानकी मन्दिरको
गर्भगृह-रामजानकीको प्रतिमा रहेको स्थान)सहित सिंगै मन्दिर अन्धकारमय बनेको छ । पानीको
आभावमा मन्दिरको सरसफाई हुन सकिरहेको छैन भने मन्दिरको दक्षिण भागमा रहेको सार्वजनिक
शौचालय दुर्गन्धित बनेको छ ।
मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले यति ठुलो
रकम तिर्ने हैसियत मन्दिरको नरहेको उल्लेख गर्दै महसूल माफीको लागी सम्बन्धित निकायमा
आग्रह गरिने बताए ।
पञ्चायत कालमा जानकी मन्दिरभित्र अञ्चलाधीश कार्यालयसंगै
प्रहरी निरीक्षक कार्यालय तथा युवा क्लव तथा कराटे संघ आदिको कार्यालय थिए । पञ्चायती
व्यवस्था समाप्त भए पछि मन्दिर मित्रै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्,जानकी मन्दिर
जिर्णोद्धार समिति, मिथिला सांस्कृतिक
केन्द्रलगायतका कार्यालय पनि थिए ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले भने पञ्चायती व्यवस्थादेखि हालसम्म सरकारी तथा गैर सरकारी
संस्थाहरुले उपभोग गरेको विजुलीको विल तिर्न मन्दिरव्यवस्थापनको हैसियत छैन । महन्थ दासले गुठी संस्थाबाट जानकी मन्दिरले पाउनु
पर्ने मालपोतवापतको रकमबाट विजुली महसूल कट्टा गरी, बाँकी रकम मन्दिरलाई उपलब्ध गराउन पहल गरि दिन
हुन नागरिक समाजसंग आग्रह समेत गरेका छन् । महन्थ दासका अनुसार मालपोत दस्तुर वापत
गुठी संस्थानले डेढ करोड भन्दा बढि रकम तिर्नु पर्ने बाँकी छ ।
यसै गरी जनकपुर अञ्चल अस्पतालको विजुली कटौती
गरे पछि ,अस्पताल भर्ना
भएका विरामीहरु मर्कामा परेका छन् । कान्तिपुरमा समाचार छ ।



