मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई सहसचिवलाई मंगलबार
राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत पदमा नियुक्त गरेकी
छन्।
यसअघि
नै संसदीय सुनुवाइ सकेर मन्पिरिषद्ले समेत सिफारिस गरिसकेका परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल
अधिकारीलाई पाकिस्तान र सोही मन्त्रालयका
अर्का सहसचिव रमेशप्रसाद खनाललाई जर्मनीका लागि नेपालको राजदूत
पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रबराज आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
नागरिक न्युजमा खबर छ ।