एमालेद्वारा प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न माग

प्रमुख विपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दाबी गरेको छ । उसले दाहालको पत्रले नेपालीको शीर निहुर्‍याउने काम गरेको बताएको छ ।
uml
साता दिनसम्म चलेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बुधबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले पत्र सार्वजनिक गर्न माग गरे । संविधानमा संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा सार्वजनिक भएको छ । यस्तो कार्यले हाम्रो स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्‍याएको छ र आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य भएको छ, बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, बैठकले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ ।
महासचिव पोखरेलले प्रधानमन्त्रीको पत्रले सार्वभौम मुलुकको स्वतन्त्र निर्णय गर्ने अधिकार कुण्ठित भएको बताए । उनले सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै सामान्य कुटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी दुई छिमेकी देशहरूमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्यको पनि विरोध गरे । कान्तिपुरमा समाचार छ ।