सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख रुपैयाा अनुदान दिने व्यवस्था कार्यान्वयन नगर्न अल्पकालीन आदेश

सर्वोच्च अदालतले माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाा अनुदान दिने बजेटको व्यवस्था कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।

द्वन्द्वपीडितहरुले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले ‘माओवादीका अयोग्य लडाकूलाई २/२ लाख दिनेगरी बजेटमा भएको व्यवस्था तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलका लागि झिकाएको छ ।

हालको बजेटमा द्वन्द्वकालिन अयोग्य र अवकाश लिएका लडाकुलाई राहतको प्रस्ताव गरेको थियो । त्यसविरुद्ध कांग्रेस सांसद कुलबहादुर गुरुङ लगायत १ सय २७ जना सर्वोच्च अदालत पुगेका थिए । अनुदानको व्यवस्था प्रचलित कानून विपरित भएको दावी गर्दै उनीहरुले विधेयक पारित भई आर्थिक ऐन बनिसकेको उक्त प्रावधान खारेजीको माग राखेका हुन् । कान्तिपुरमा समाचार छ ।