डा. गोविन्द केसीको माग सम्बोधन हुन्छ : स्वास्थ्य मन्त्री गगनकुमार थापा

नवनियुक्त
स्वास्थ्य मन्त्री
गगनकुमार थापाले डा. गोविन्द केसीको माग
पुरा गर्ने नैतिक दायित्व आफ्नो

भएको बताएका छन् । शुक्रबार शीतल निवास
महाराजगन्जमा राष्ट्रपति विद्यादेवी
भण्डारीद्वारा सपथ

ग्रहण गरिसकेपछि
मन्त्रीको पदभार सम्हाल्न सोझै
स्वास्थ्य मन्त्रालय पुगेका थापाले डा.
केसीको माग

निश्चय पनि पुरा गर्ने
बताए



आफू
सांसद भएको बेला स्वास्थ्य क्षेत्रमा
देखिएका विसंगती र अनियमिततालाई समाधान
गर्न आफू

प्रयासरत रहने उनले बताए । शुक्राबार माइतीघरमा रहेको मन्त्रालयमा
उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त

कुराकानी गर्दै भने,
मैले
तीन बुँदालाई विशेष प्राथमिकता दिएको छु । जुन म

मन्त्री
हुँदा कार्यान्वयन

गर्ने छु ।


images

उनले भने संविधान जारी भइसकेपछि संविधान कार्यान्वयन गर्ने यही समय भएकोले संविधान

कार्यान्वयनसँगै स्वास्थ्य क्षेत्रको पनि कानुन बनाउने, पूर्वाधार
बनाउने
, स्रोत जुटाउने यही बेला भएकोले

images

आफ्नो ध्यान त्यतैतिर केन्द्रित
हुने बताए ।

images


उनले
भने
, केही समयदेखि देशमा स्वास्थ्य
क्षेत्र
सुधारका लागि हामीले नागरिक आन्दोलन वा सामाजिक

आन्दोलन भइरहेका देखेका छौं । यस क्षेत्रमा व्यापक रुपमा अनियमितता,
विकृति
र कुशासन

देखिरहेका छौं ।


Nepal life insurance

यसको समाधानको लागि
समग्रमा यसको गुड गभर्नेन्स
मा सुधार
ल्याउनु
पर्छ । नागरिकहरुले यसमा

सुधारको ठूलो अपेक्षा पनि राखेका छन् । निश्चिय पनि यसमा मेरो प्राथमिकता पर्छ ।


पत्रकाहरुले
डा. केसीको माग सम्बोधन हुन्छ
कि हुँदैन भन्ने प्रश्नमा गगनले भने,
निश्चय
पनि । स्वास्थ्य

क्षेत्रमा जति पनि विषयहरु नागरिक आन्दोलनबाट
उठेको छ । ती कुराहरु म बसुन्जेल फेरि
कहिल्यै

पनि नउठुन् भन्ने हिसाबले काम
गर्छु । त्यो मेरो नैतिक दायित्व पनि
हो र म सचेत पनि छु ।

मन्त्री थापाले नेपालको स्वस्थ्य
क्षेत्रमा
स्रोत र साधन हुँदाहुँदै पनि गुणनस्तरीय सेवा उपभोक्ताले पाउन

नसकेको बताए । उनले स्वास्थ्य सेवा प्रदायकले राम्रो सेवा दिन सक्ने अवस्था
भएपनि दिन
नसकिरहेको

बताए ।

उनले भने,
स्रोत र साधन नभएर भन्दा पनि स्रोत र
साधननको
प्रभावकारी हुन नसकिरहेको र दिनुपर्ने

सर्भिस पनि हामीले दिन
सकिरहेका
छैनौं । हामी सेवा चुस्त बनाउन तर्फ पनि ध्यान दिन्छौं

।कान्तिपुरमा
समाचार छ