परराष्ट्र मन्त्रालयले आफ्ना सबै दस्तावेजमा प्रयोग गर्दै आएको नेप्लिज शब्दावलीको सट्टा नेपाली शब्द प्रयोग गर्ने निर्णय गरेको छ।
अंग्रेजी उपनिवेशको प्रभावमा वर्षौंदेखि नेपाली नागरिकदेखि विदेशस्थित दूतावास र वाणिज्य दूतावासको अंग्रेजीकरणमा नेप्लिज लेखिँदै आएकोमा नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले मन्त्रालय सम्हालेको दोस्रो दिनमा नै यस्तो निर्णय गरेका हुन्।
परराष्ट्र मन्त्रालयले अबदेखि नेपाली नागरिकको राहदानीदेखि विदेशस्थित दूतावास र वाणिज्य दूतावासमा प्रयोग हँुदै आएको नामलाई संशोधन गरेर नेपाली लेख्ने निर्देशन दिएको मन्त्री महतले बताए।