लामो समयदेखि अनियमित विद्युतका कारण जनजीवन कष्टपूर्ण बनेको भन्दै नेपालगन्जवासी सडकमा उत्रिएका छन् । भदौको गर्मीमा विद्युत अनियमित हुँदा यहाँको जनजीवन निकै प्रभावित बनेको छ ।
नेपालगन्जवासीले सोमबार नियमित विद्युत आपूर्तिको माग गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र घेराउ गरेका छन् । यसअघि स्थानीयले ब्यानरसहित बजार परिक्रमा गरेका थिए ।
पीडित जनता, लाचार सरकार, अधुरो विद्युत, विद्युत प्राधिकरण मुर्दावाद, जलस्रोत के का लागि, ओई बत्ती खोई