पर्सा प्रहरीले तीन दर्जनभन्दा बढी भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगन्जको सीमावर्ती इनरवा क्षेत्रमा रहेका स-साना होटलमा मादकपदार्थ सेवन र अवैध क्रियाकलाप गरेको आरोपमा प्रहरीले ४५ जना भारतीयसहित तीन नेपालीलाई पक्राउ गरेको हो ।
मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयबासीको गुनासो बढेपछि प्रहरी टोलीले सोमबार साँझ सो ठाउँमा छापामारी उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
नेपाली र भारतीय महिलाहरुले सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्दै आएको स्थानीय बासिन्दाको आरोप छ ।
भारतको बिहारमा मादकपदार्थ सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाइएपछि भारतीयहरु सीमावर्ती नेपाली भूमिमा आइ मदिरा सेवन गर्नेक्रम बढेको छ । इमेजखबरमा समाचार छ ।