नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदका लागि १ सय ५० जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले खुलातर्फ ८३ तथा समावेशीतर्फबाट ६७ जना अधिकृत क्याडेटमा पदपूर्ति गर्नेछ।
इच्छुक आवेदकले सेनाको वेबसाइटबाट दरखास्त फारम भरी सोको प्रिन्टमा १० रुपैयाँको टिकट टाँसेर दरखास्त दिन सक्ने छन्। भदौ १५ देखि असोज १३ गतेसम्म आवेदन दिन सक्ने जंगी अड्डाले जनाएको छ।
प्रमाणपत्र तह तथा स्नातक तह वा सो सरह उत्तिर्ण भएकाले आवेदन दिन सक्ने छन्। पुरुषका लागि उचाई ५ फिट ३ इन्च, तौल ५० केजी र महिलाका लागि ५ फिट उचाई, ४० केजी तौल न्यूनतम शारिरीक मापदण्ड तोकिएको छ।
भद्रकाली, हेटौडा, सुर्खेत, सुनसरी, पोखरा र दिपायलका हेर्डक्वार्टरलाई भर्ना केन्द्र तोकिएको छ। ति केन्द्रमा गई इच्छुकले थप जानकारी लिन सक्ने छन्। सेतोपटीमा समाचार छ।