भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन ।
भूकम्पले भत्काएको ५४ वटा स्वास्थ्य संस्थाका भवनमध्ये अहिलेसम्म श्रीनाथकोट, गाँखु, शेरा र धारपानीको भवन मात्रै पुनःनिर्माण भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले भवन निर्माण गर्ने जिम्मा लिए पनि अहिलेसम्म काम सुरु नगर्दा त्रिपालबाटै बिरामीको उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो छ ।
त्रिपालमुनिको स्वास्थ्य संस्थामा घाम लागेका बेला गर्मीले त्रिपालभित्र बसिसाध्य नहुने र पानी परेको बेला पानी चुहिएर उपचार गर्न असहज भएको दर्बुङ स्वास्थ्यचौकीका अहेब पप्पुकुमार रौनियारले बताए ।
दिनहुँ ४० जना हाराहारीका बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउँछन् । तीमध्ये अधिकांश ज्वरो, झाडापखाला तथा निमोनियाबाट पीडित छन् ।
त्रिपाल र टेन्टमा सञ्चालित स्वास्थ्यचौकीमा औषधि भण्डारण गर्न, बिरामीको स्वास्थ्य परीक्षण, उपचार गर्न र औषधि सुरक्षित राख्न समस्या हुँदै आएको छ, स्वास्थ्यचौकी प्रमुख विनिता श्रेष्ठ प्रधान भन्छिन्,