मेघ गर्जनसहित भिषण वर्षापछि आएको बाढीले देविस्थान गाविस, ५ घरथोकमा आएको बाढीपहिरोले दुई घर बगाएको छ । पहिरोमा परी एक बेपत्ता भएका छन् ।
सदरमुकाम बेनीदेखी ४५ किमी पश्चिम देविस्थानको घरथोकमा राती १२ बजे माथीबाट पहिरोसहितको बाढीले घर बगाएको हो । घरबाट सामान निकाल्ने प्रयास गर्दा ओमकुमार भट्टचन वेपत्ता भएको स्थानिय हरी बहादुर घर्तीले जानकारी गराएका छन् ।
पहिरोले भगबहादुर घर्ती र करिना बुढा मगरको घर बगाएको हो । पहिरोमा परि दुई गाई र एक गोरु मरेका छन् ।
प्रहरी निरिक्षक लोकेन्द्रसिं गुरुङका अनुसार घट्नास्थल पुग्न सबैभन्दा नजिक पर्ने दरवाङ्ग इलाका प्रहरी कार्यालयबाट ५ घन्टा लाग्ने भएकोले पूर्ण विवरण आउन समय लाग्ने भएको छ । कान्तिपुरमा समाचार छ ।