स्क्रब टाइफसबाट ६ जनाको मृत्यु भएको छ । गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो ।
उक्त अवधिमा ३२ जिल्लाका २२२ जनामा स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् ।
यो रोगका कारण मृत्यु हुनेमा संखुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक-एकजना छन् ।
गत वर्ष यो रोगको संक्रमणबाट १०१ जना बिरामी परेका थिए भने ८ जनाको मृत्यु भएको थियो ।
मुसाको कानमा बस्ने माइट (एक प्रकारको सुक्ष्म किरा) झारपातमा सर्ने र झारपातको माध्यमबाट मानिसमा सर्ने गर्दछ ।
माइटमार्फत् ओरेन्सिया सुसुगामोसी