उदयपुरको दुर्गा मन्दिर चौरमा मानव कंकाल फेला

उदयपुरको बेलटार-बसाहा नगरपालिका वडा नम्बर-२ को दुर्गा मन्दिर चौरमा एउटा मानव कंकाल फेला परेको छ ।
टाउको, करङ र खुट्टामात्र रहेको कंकाल बेलटार-बसाहा नगरपालिका वडा नम्बर-२ का १८ बर्षीय संजीव साहको भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा संजीव साह लेखिएको राहदानी, नागरिकता, एसएलसी प्रमाण पत्र र संजीव साहको डायरी फेला परेको प्रहरीले जनाएको छ ।
साह गत साउन ३२ गतेदेखि सम्पर्कबिहीन रहेका थिए । कंकालबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए । इमेजखबरमा समाचार छ ।