तीन लाख ७५ हजार भूकम्पपीडितलाई घर बनाउन पहिलो किस्ताको पचास हजार रुपैयाँ

सरकारले तीन लाख ७५ हजार भूकम्पपीडितलाई  घर बनाउन पहिलो किस्ताको पचास हजार रुपैयाँ दिएको छ।
 
भूकम्पपीडित जनतालाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने पहिलो किस्ताको अनुदान सहयोग रकम वितरणका लागि गत भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एक महिने विशेष अभियान सकिएको  प्राधिकरणले जनाएको छ।
 
प्राधिकरणका अनुसार नयाँ सरकार बनेपछि भूकम्पपीडित जनतालाई रकम उपलब्ध गराउन गरिएको निर्णयलाई साकार पार्न प्राधिकरणले विशेष अभियान घोषणा गर्दा भदौ ३१ गते ४२ हजार ८ सय ८२ घरधनीको बैंक खातामा रकम पुगेकोमा असोज २ गतेसम्म ३ लाख ७५ हजार ७ सय १५ जनाको खातामा पहिलो किस्ताको रकम पुगेको हो।
 
गत वर्ष भूकम्प पीडितहरुलाई २ अर्ब १४ करोड वितरण गरिएकोमा विशेष अभियान पश्चात् १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार वितरण भएको छ। 
 
यस्तै साउन २१ गतेसम्म अनुदान सम्झौता गर्ने घरधनीको संख्या २ लाख ९५ हजार ७ सय ७२ रहेकोमा असोज २ गतेसम्म ४ लाख ४७ हजार ३ सय ५९ पुगेको छ । असोज २ गतेसम्म ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ। 
 
प्राधिकरणले अब दोस्रो चरण अन्तर्गत बाँकी रहेका सबै लाभग्राहीसँग अनुदान सम्झौता हुन नसक्नुका कारणहरु पहिचान गरी कार्यविधि पहिचान गर्ने र सबै घर भत्केका घरधनीहरुको गुनासाहरुको निरुपण गर्दै निर्णय पनि गरेको छ। 
 
अनुदान सम्झौता कम भएका जिल्लाहरु मकवानपुर, सिन्धुली, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौता प्रक्रिया र अनुदान रकम बैंक खातामा पु