सिरियामा गराइएको कारबम विस्फोटमा परी कम्तीमा ४३ जनाको मृत्यु

सिरियामा विद्रोही नियन्त्रित अजाज सहरमा शनिबार गराइएको कारबम विस्फोटमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
टर्कीको सीमानजिक भएको विस्फोटमा अरु धेरै घाइते भएका छन् । सिरियामा रुस र टर्कीको पहलमा गरिएको युद्धविरामकाबीच यो विस्फोट भएको हो । विस्फोटको जिम्मा कसैले लिएको छैन ।
पछिल्लो समय इस्लामिक अतिवादी समूह आइएस ले अजाज सहरलाई निशाना बनाउँदै आएको छ । (एजेन्सी)