“मेरो आग्रह”

सानु मगर
कपिलवस्तु (नेपाल)
आउ नेपाली जुटौं अब सबै एक हौं 
शान्तिको किरण ल्याउनु छ नमाने है धौ |
एक अर्काको रिसरागमा बिग्रीयो नेपालको विधि 
समाजासेवामा जुटौं नगरौं भो अब फोहोरो राजनिती ।
पार्टी भन्दै हिडे कति दुखमा साथ कसैले पाउदैन 
राजनिको शासनले तिम्रो हाम्रो घरमा शान्ति आउदैन |
वीर नेपाली हुँ देशको लागि केही गर्छु भन्छौ 
तेरो मेरो पार्टी भन्दै भाइ-भाइ पनि पराइ किन बन्छौ |
के पाउछौ र दुश्मनको पाइला तिमी बढाइ 
नेपाल आमाको शन्तान हामी किन गर्ने आपसमा लडाइ |
के तिम्लाइपनी पीडा हुँदैन र घरमा आमा रुँदा 
आँखा छोपी नबस है नारी माथी अत्याचार हुँदा |
सक्छौं भने यदि तिमी समाज प्रती सेवा लिएर जुट 
जहाँ अत्याचार हुन्छ त्यहाँ वीर गोर्खाली देशभक्त बनी उठ |
देशमा शान्ति आउछ हामी सबै एक एक मिलेर जुटे 
नारी हिंसा इत्यादि हट्दै जान्छ समाज प्रती लगाव राख्दै हामी उठे |
कस्तो अनौठो अनुभव हुन्छ होला देशमा शान्ति आउँदा 
अनुहारमा मुस्कान लिइ अध्यारोमा उज्यालो किरण जगत भरी छाउदा |