अर्घाखाँचीका चर्चित लोक गायक मधुसुधन र सुशीलाको नयाँ गीत शिरिमा शिरि सार्बजनिक (भिडियो सहित)
माघ १३ गते, २०७४ मा प्रकाशित
दिपक भुसाल
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठुलापोखरा घर भएका चर्चित लोक गायक मधुसुधन बन्जाडे र सुशीला बन्जाडेको नयाँ गीत शिरिमा शिरि सार्बजनिक भएको छ ।
साझा संगीत म्युजिक प्रालिले शिरिमा शिरि गित सार्बजनिक गरेको हो । म्युजिक भिडियोमा गायक मधुसुधन बन्जाडे र चर्चित गायिका सुसिला बन्जाडेको स्वर रहेको छ ।
पछील्लो समयमा लोकसंगीत क्षेत्रमा देखिएको छाडापनलाई चिर्दे पुराना संस्कृतिलाई जगेर्न गर्न प्रयास गरिएको यस गितमा मधुसुधन बन्जाडे लय र सुसिला बन्जाडेको शब्द रहेको छ ।
शम्भु चालीसे छाँयाकन गरेको भिडियोलाई कुमार के.सीले निर्देशन र दिपक बिष्टले सम्पादन गरेका छन्। यस गितमा रिना थापा, निर्मला क्षेत्रि आरके वाईवाको अभिनय रहेको छ । यस्तै यस म्युजिक भिडियोको मिडिया पार्टनर अर्घाखाँचीडट्कम रहेको छ ।