Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
शून्य छ (गज़ल)
भाद्र ११ गते, २०७५ मा प्रकाशित
– कोमल भट्ट
च.न.पा-१३, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
गयौ तिमी,मन शून्य छ
निवास,आँगन शून्य छ
सहस्र दर्द छ देहमा
छ रुद्ध धड्कन शून्य छ
सताउँदै छ उजाडले
फुलेन कानन शून्य छ
रहेन आस बहारको
उडेर शोभन शून्य छ
निकास बन्द छ आँसुले
छ तीव्र रोदन शून्य छ
लग्यो चुँडेर निष्ठुरले
दुखेर आसन शून्य छ
न बज्छ गीत मिठासको
न चल्छ वाहन,शून्य छ
छिनेछ तार सितारको
सुनिन्न गायन शून्य छ
लुट्यो सुशान्ति वियोगले
बढेर उल्झन शून्य छ
विदीर्ण भो तन बेसरी
प्रगाढ चिन्तन शून्य छ
धुजा भए सब चाहना
विरक्तले पन शून्य छ
छ अन्धकार जताततै
निभेछ रोशन शून्य छ
निल्यो सदैव हताशले
फुरेन सिर्जन शून्य छ
भएन छङ्ङ कतै पनि
धिमा छ लोचन शून्य छ
रिझेन दैव कसै गरी
पुकार,साधन शून्य छ
थचारिए परिकल्पना
समग्र वाञ्छन शून्य छ
निसासिँदै छु पला पला
खुलेन जीवन शून्य छ
ISI SII SIS
तालूङ छन्द
गण :- ज भ र
विश्राम:- ४ अक्षरमा
अन्य समाचारहरु
७ सर्जकका ९ बालकथा कृतिहरू एकसाथ विमोचन
चर्चाको शिखरमा ‘MRR भजन’ : युवापुस्तामा अध्यात्म र भजनतर्फ बढ्दो आकर्षण
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्म जयन्ती मनाइदै
रुदाने हुन्थे नारायणगोपालको ड्राइभर, लरी चलाएर सधै लान्थे सिंहदरवार
लोकप्रिय गायक मोतिराज खनाल र यशोदा कार्कीको आवाजमा ‘बैगुनी मायालु’ सार्वजनिक
धुँवा र मद्यपानले घट्दो जीवनशक्ति- (कविता)