सुभाष गौतम
पाेखराथाेक २७ असार , अर्घाखाँची । असहाय महिला,अपाङ्ग ,दलित, जनजाति तथा जेष्ठ नागरिक कार्यक्रम पाणिनि २ पाेखराथाेकमा रहेकाे हरिहर शिक्षा क्याम्पसकाे सभाहलमा सम्पन्न भएकाे छ।
पाणिनि २ पाेखराथाेककाे वडा कार्यालयकाे अायाेजनामा सम्पन्न भएकाे हाे। उक्त कार्यक्रममा ८० जना जेष्ठ नागरिकहरू उपस्थित थिए। साेहि कार्यक्रम पाणिनि गाउपालिका अध्यक्ष अच्युत गाैतमकाे उपस्थितमा सम्पन्न भएकाे हाे। साेहि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाैतमले अाफ्नाे संक्षिप्त मन्तव्यकाे क्ममा जेष्ठ नागरिककाे सम्मान कार्यक्रम राखिएकाेमा जेष्ठ नागरिकहरू याे बर्षादकाे समयमा पनि याे सम्मान कार्यक्रममा अाएकाेमा धन्यवाद दिए। कार्यक्रममा बाेल्दै गाैतमले जेष्ठ नागरिक हरूकाे पालन पाेषण र स्वास्थ्यमा सम्पुर्ण जेष्ठ नागरिकहरूका छाेराछेरिहरू लाग्नु पर्नेमा जाेड दिनु भयाे।

साेहि कार्यक्रम भइरहेका बेला जेष्ठ नागरिकहरू अापसमा सुख दुख साटासाट गरेर समय बिताएका थिए। ८० जना जेष्ठ नागरिकहरूलाइ नगद रू ४०० सहित काँसकाे थालिले सम्मान गरिएकाे हाे। साेहि कार्यक्रममा एक जेष्ठ नागरिक रविलाल नेपालिले वडा कार्यालयले सम्मान कार्यक्रम राखेकाेमा बडा कार्यालयलाइ धन्यवाद दिए उनले भने वडा कार्यालयले सम्मान गरेकाेमा म लगायत सबै जेष्ठ नागरिकहरू खुसी छाै यस्तो कार्यक्रम गरेर वडा कार्यालयले एक उदाहरणीय कार्य गरेकाे बताए।साेहि कार्यक्रममा पुर्व शिक्षक ठाकुर प्रसाद गाैतम, समाजसेवि चन्द्रकान्त पाैडेल जनप्रतिनिधि राम बहादुर क्षेत्रीकाे अातित्यथा रहेकाे थियाे।
उक्त कार्यक्रम वडा अध्यक्ष नेत्र प्रसाद भट्टराई काे अध्यक्षता, जनप्रतिनिधि तथा कार्यपालिका सदस्य लक्ष्मी बि ककाे स्वागत मन्तव्य र वडा सचिव टेकराज श्रेष्ठकाे सन्चालनमा सम्पन्न भएकाे हाे