नेत्र मरासिनी
धरमपानी, अर्घाखाँची , असार २८ । सन्धिखर्क नगरपालिका वाड नम्वर १० अर्घाको धरमपानीमा अपांगता भएका व्यक्तिहरु लाई अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । १० नम्बर वाडकाे लक्षित वर्ग कार्यक्रम अन्तरगत कार्यक्रम सञ्चालन भएको हाे ।
कार्यक्रममा अपांग बाल अस्पताल अर्घाखाँची का प्रमुख लेखनाथ अाचार्य शालिकराम तिमिल्सिना ले अपांग लाई समाजले हेर्ने दृष्टिकाेण,हकअधिकार र प्राप्त हुने सेवा सुबिधा का बारेमा प्रशिक्षण दिनुभएको थियाे ।
कार्यक्रममा वाडका २९ जना अपांगलाई दाेसल्ला अाेडाएर सम्मान गरिएको थियोे । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मिनारायण चुदालिले अपांगहरु समाजका अन्य व्यक्ति सरह हुनेभएकोले अाफुले कमजाेर नठान्न अाग्रह गर्नुभयो । साथै उहाले वडाबाट आगामी दिनमा थप अपांग मैत्री कार्यक्रम ल्याइ अायअार्जनकाे बाटाे तर्फ उन्मुख बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उक्त कार्यक्रममा वडा सदस्य ऋषि भुसाल,भेषराज क्षेत्रि ,शान्ता नेपाली लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा वडा सदस्य ऋषिकेश भुसालकाे स्वागत मन्तब्य, वडा अध्यक्ष लक्ष्मिनारायण चुदालिकाे अध्यक्ष ता सचिब धर्म भुसालकाे सञ्चालनमा सम्पन्न भएको छ ।