भुमिकास्थानमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिनोद गैरे 
नुवाकोट, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाकाे अायाेजनामा नगर सभाका सदस्यहरु, न्यायिक समित र सामुदायिक मेलमिलापकर्ता हरुका लागि देवानि तथा फाैजदारि संहिता सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम भुमिकास्थान नगरपालिकाकाे कार्यालयमा सम्पन्न भएकाे छ । 
कार्यक्रम भुमिकास्थान नगरपालिकाका उप-प्रमुख तथा नयायिक समितिका संयाेजक खडानन्द बेल्वासेकाे अध्यक्षता नगर प्रमुख रेशम थापाकाे प्रमुख अतितथ्यता र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालकाे अातिथ्यतामा सम्पन्न भएकाे थियाे । 
कार्यक्रमकाे अधिबक्ता जगन्नाथ भुसाल, अधिबक्ता के बि भुसाल र अधिबक्ता ईन्दु पाण्डेले देवानि तथा फाैजदारि संहिताकाे विषयमा सहजिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा भुमिकास्थान नगर कार्यपालिका सदस्यहरु, न्यायिक समितिका सदस्यहरु, नगरपालिका१० वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, वडा सचिवहरुकाे उपस्थिति रहेकाे थियाे । 
अभिमुखिकरण कार्यक्रमकाे समापन समाराेहमा बाेल्ने अधिकांस बक्ताहरुले नगरले कानुन सम्वन्धि अायाेजना गरेकाे याे कार्यक्रम अर्थपूर्ण भएकाे बताएका थिए ।

अन्य समाचारहरु