सुर्य भुसाल
रतनमारे, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका हंसपुर रतनमारेमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक न्यायका लागि सञ्चार अभियान संस्थाको आयोजना र मालारानी गाउँपालिकाको समन्वयमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजानिक सुनुवाई कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले गाउँपालिकामा विकासले विस्तारै फड्को मार्दै गएको बताउनु भयो । उहाँले सबै जातजाती, बर्गलाई समान रुपले सम्बोधन गरि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले मालारानी गाउँपालिकालाई सम्वृद्ध बनाउनका लागि सबैको साथ सहयोगको आवश्यक रहेको बताउनुभयो । आगामि आर्थिक वर्ष गाउँपालिकालाई खरको छानोमुक्त, लोडसेडिङ्ग मुक्त, पयर्टक भित्राउन होमस्टेको सुरुवात गरेको उहाँले बताउनुभयो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न, जिज्ञासाको जवाफ दिदै सबैको सल्लाहसुझाव अनुसार अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री, वडा नं. ६ का वडाध्यक्ष नारायण अर्याल, वडा नं. ७ का वडाध्यक्ष खडक भुसाल, वडा सदस्य, पत्रकार रुद्रमणि भुसाल, कमल बिष्ट, उपभोक्ता समितिका पदाधिकारी, स्वास्थ्य चौकी ईन्चार्ज, सुरक्षाकर्मी, स्थानीयको उल्लेख्यनिय उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका महासचिव प्रेम आचार्यको अध्यक्षता, सुर्य भुसालको स्वागत मन्तव्य र लक्ष्मण घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।