अर्घाखाँचीमा आत्महत्या गर्ने बढेपछि स्वास्थकर्मीलाई बुटवलमा दिईएको मानसिक रोग सम्बन्धि तालिम सम्पन्न


मनिषा अधिकारी 
बुटवल (अर्घाखाँचीडट्कम)। अर्घाखाँचीमा आत्महत्या गर्ने बढेपछि प्रदेश सरकारले स्वास्थकर्मीलाई  बुटवलमा दिईएको मानसिक रोग सम्बन्धि तालिम आइतबार सम्पन्न भएको छ । 
बुटवलस्थित होटेल मेरिगोल्डमा मंगलबार देखि सुरु भएको तालीममा अर्घाखाँचीमा २६ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । 
पछिल्लो समयमा गुल्मी, अर्घाखाँचीमा आत्महत्या गर्नेहरुको संख्या अत्यधिक बढेकोमा सोही जिल्लाका स्वास्थ्यकर्मीहरुलाई लक्छित गरि आत्महत्या एक मानसिक समस्या रहेकोले समुदायको पहुँचमा रहेका स्वास्थ्यकर्मीलाई लक्छित गरि कार्यक्रमको आयोजना गरिएको तालिम सहजकर्ता पसुपती आचार्यले जानकारी दिए । 
स्वास्थ्यकर्मीको दक्षताबृद्दिको लागी प्रादेसिक अस्पतालका मनोरोग विशेषज्ञहरुको समय मिलाइएकोले कर्मचारीहरु थप क्षमता बिकास हुने आयोजकले जनाएको छ ! । 
कार्यक्रम प्रादेशिक तालिम निर्देशक भुवन कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु