अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । बुटवलदेखि सन्धिखर्कको लागि छुटेको हाईस रूपन्देहीको सैनामैनामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा वाङ्लाको अम्मलडाँडा निवासी हाल सन्धिखर्कको हटारीमा बस्ने जिविसमा कार्यरत ५८ वर्षीय राम बहादुर रायमाझीको मृत्यु भएको छ ।
देउराली यातायात अर्घाखाँची प्रालिद्वारा सञ्चालित बा ४ ख ६६८२ नम्बरको हाईस रूपन्देहीको सैनामैनामा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
हाईस बुटबल देखि सोमबार साँझ ५ बजे ५ जना यात्रु लिई सन्धिखर्कको लागि छुटेको थियो । दुर्घटना कारण खुलेको छैन् ।