सन्धिखर्क – ढोरपाटन सडक योजनामा लामो समयदेखि काम नगर्ने बिटि जयबाबा जेभि स्वमभ्युको ठेक्का सम्झौता रद्ध

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । लामो समयदेखि काम नगर्ने बिटि जयबाबा  जेभि स्वमभ्युको ठेक्का सम्झौता रद्ध गरि कालो सुचिमा राख्ने प्रक्रिया अगाडि बढाईएको छ । 
सालझन्डी – सन्धिखर्क – ढोरपाटन सडक योजनामा नयाँ योजना प्रमुख हाजिर भएको केहि दिनमै  योजना प्रमुख जयलाल मरासिनीले काम  नगर्ने आलटाल गर्ने पटकपटक ताकेता गर्दा सुचना प्रकासित गर्दा समेत सम्पर्कमा नआउने सो कम्पनिलाई ठेक्का सम्झौता खारेज  गर्ने र सुचना प्रकाशि भएको मितिले १० औ दिनमा जिल्ला प्रसासन कोष नियन्त्रण कार्यालयको रोहवरमा गरेको कामको नाप जाँच गरिने र कार्बाहि प्रक्रिया अगाडि    बढाउने गरि सुचना प्रकाशि भएको जानकारी दिनु भयो । 
२०७० सालमा ठेक्का सम्झौता गरेको बिटि जयबाबाले काम नगरि आलटाल गर्दै आएको थियोे । अब भने पुरानो सम्झौता तोडि नयाँ प्रक्रिया अगाडि बढाईने छ । मरासिनी ढोरपाटन योजनामा आएदेखि सडक स्तर उन्ति गर्ने अपुग बजेट ल्याउने बिबादित ठाउँहरुमा छलफल गर्ने जस्ता कार्यले तिब्रता पाएका छन ।

अन्य समाचारहरु