मैदानका गाँउघरमा होटल व्यवसाय, स्थानीय तहमै युवाहरु स्थापित हुँदै वेरोजगार समस्या हैन सोच हो (तस्बिर सहित)

डिआरजी सुमन 
मैदान, अर्घाखाँची डटकम/व्युरो । आफ्नै गाँउघरमा होटल व्यवसाय गर्दै परिवारसँग रमाएका पाउँदा आनन्द महसूस गरेको वताउछन पाणिनी ५ काफलवुटा गैरीवजार स्थित होटल व्यावसायि लेखनाथ गैरे । 
आफ्नो व्यावसाय संचालन सँगै समाजसेवी कार्यमा समेत तल्लिन देखिने गैरे यस क्षेत्रको ऐतिहासिक  झुमादेवी मन्दिरका संरक्षण समितीका अध्यक्ष समेत रहेर काम गरीरहेको वताउछन । 
विगतका दिनहरुमा देशिक रोज़गार कै लागी भारतको जम्मु कास्मीर,पंजाब, काँगड़ा लगायतका स्थानमा रोज़गार गरी नेपाल फर्किएर नेपालकै स्थापित हुने सोचमा पुगेको उनको धारणा छ । 
सुरुवाति समयमा  वुटवल तथा नेपालगन्ज लगायतको स्थानमा होटल व्यावसाय गर्दै हाल भने आफ्नै गाउ मै स्थापित भई सकेको वताउछन । 
पाणिनी गाँउ पालिका वडा नं ५ स्थित लेखनाथ गैरे व्यावसायिक रुपमा संतुष्ट नै रहेको वताउछन । देशवाट वेरोजगारको समस्या लिएर दिनानुदिन विदेशिनेहरुलाई आफ्नै ठाउमा पसीना वगाउनु पर्छ यहाँ नै सवैथोक छ भन्ने उहाको आग्रह थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु