मैदानमा बर्षा याममा बाढी पहिरोबाट बच्ने उपाय तथा जंगली च्याउ नखाने सम्बन्धमा छलफल तथा अन्तरक्रिया सम्पन्न (तस्बिर सहित)

डिआरजी सुमन
मैदान, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको पाणिनी ५ मैदानमा बर्षा याममा  बाढी पहिरोबाट बच्ने उपाय तथा जंगली च्याउ नखाने सम्बन्धमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत  पाणिनी ५ मैदानमा स्थानियबासी, भद्रबलादमी, बुद्धिजिबी र युवाको उपस्थितिमा प्र.स.नि.रामनारायण चौधरीले बर्षा याममा बाढि पहिरोबाट बच्ने उपाय तथा जंगली च्याउ नखाने, बर्षा याममा यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भएको हो ।

अन्य समाचारहरु