सन्धिखर्कमा सम्पन्न प्रथम उप- मेयर कप क्रीकेट प्रतियोगिताको उपाधि सन्धिखर्क – १ लाई (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रथम उप- मेयर कप क्रीकेट प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले हात पारेको छ ।
शनिबार देखि  सन्धिखर्कको टुडिखेलमा भएको खेलमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ दोस्रो, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ तृतीय भएका छन  । उनिहरुलाई ४०  हजार २५  हजार १५ हजार प्रथम, दोस्रो, तृतीयलाई नगद मेडल प्रमाणपत्र बितरण कार्यक्रमका अध्यक्ष नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने प्रमुख  प्रसासकिय अधिकृत जीवन ज्ञवाली उपसचिव युगल नारायण बस्याल जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल ससत्र प्रहरी नायब उपरीक्षक गोपाल प्रसाद श्रेष्ठ प्रहरी निरिक्षक खिम बहादुर घम वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी ३ का अध्यक्ष लिलाराम गौतम  १० का अध्यक्ष लक्ष्मि नारायण चुदालि १२ का अध्यक्ष नारायण खड्का कार्यपालिका सदस्य मान बहादुर बिक  नगरसभा सदस्य लक्ष्मण पराजुली  सुमित्रा कुमाल आशा परियार बल बहादुर बिसि  समाज सेबि लिलाधर बस्याल लगाएतले पुरस्कार बितरण गर्नु भएको थियोे ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता शिक्षा अधिकृत चोपलाल बेल्बासेले सन्चालन गर्नु भएको थियोे ।
कार्यक्रमको सहजिकरण जिल्ला क्रीकेट संघका अध्यक्ष  ऋशी केस भट्टराईले गरेका थिए ।

अन्य समाचारहरु