मैदानमा झुमादेवी नमुना वाल कल्वद्धारा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न , ईन्दिरा वेल्वासे भईन् प्रथम (तस्बिर सहित)

डिआरजी सुमन 
मैदान , अर्घाखाँची डटकम् / व्युरो । सामान्यतः श्रवण संक्रान्तिको दिनदेखी तीजगीत सुरु हुनेगर्दछ । नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापित झुमादेवी नमुना वाल कल्व द्धारा यसै अवसरमा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 
विक्रम सम्वत् २०७३ कार्तिक १७ गते स्थापित झुमादेवी नमुना वाल कल्वले विभिन्न अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । पाणिनी ५ काफलवुटा मुख्य कार्यक्षेत्र रहेको झुमादेवी नमुना वाल कल्वको भूमिका यस क्षेत्रमा उत्कृष्ट रहेको स्थानीय दिपक घिमिरेले वताएका छन ।
झुमादेवी नमुना वाल कल्वका सचिव नारायण गैरेको संचालन, पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँची पाणिनी ५ वडा सदस्य अन्जु वेल्वासेको अध्यक्षता र पुस्पा घिमिरेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम निकै रोमान्समय थियो । 
स्थानीय वालप्रतिभा ईन्दिरा वेल्वासे,करिश्मा वलाल,भावना जीसी,अभिनाश अधिकारी ,मदन घिमिरे,पुस्पा जीसी,करिश्मा घिमिरे,उषा गैरे,सविता घिमिरे,अर्जुन गैरे प्रतियोगी रहेको कार्यक्रममा ईन्दिरा वेल्वासे प्रथम हुन सफल भएकि छन ।
एक सभ्य समाज विकासमा सवैको एकताको विकल्प नरहेको हुदा कल्वको वदनाम गर्दै हिड्नेहरु आफै पछाड़ी पर्ने छन झुनादेवी नमुना वाल कल्व का अध्यक्ष देव वहादुर जीसीले आक्रमक रुपमा धारणा राख्दै कसैले पनि संस्थाको वदनाम गरेर नहिड्न आग्रह गरेका थिए । हामी समाजमा रहेका विकृतिलाई अन्त्य गरी सभ्य र सवल गाँउ विकासमा लागी काम गरीरहदा उल्टै हाम्रो वदनाम गर्न केही मानिस लागीपरेको प्रति घोरनिन्दा व्याक्त गर्दै कसैको अनावश्यक हल्लाको पछि नलागी सत्यता वुझ्न आफु सामु आएर सत्यता वुझ्न कार्यक्रमको अध्यक्षले आग्रह गरेकि थिईन । उनले भनिन् हामी आफ्नो काममा निरन्तर लागी नै रहने छौ हामीलाई विचलित वनाउन खोज्ने आफै विलिन भएर जानेछन । 
स्थानिय स्तरमा सुचनाको हक़, सुशासन,औपचारिक कार्यक्रम संचालन र सामाजिक संजालको सदुपयोग वारे स्वतन्त्र पत्रकार एवं पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीका संरक्षक डिआरजी सुमनले सचेतना मुलक प्रशिक्षण पनि दिएका थिए । पाणिनी कलाकार समाजले ५ नं वडा स्तरीय कार्यक्रम निकट समयमै गर्ने तयारीमा रहेको धारणा ५ नं वडा कार्यवाहक संयोजक ज्ञानु गैरेले राखेका थिए । यस्तै कार्यक्रममा स्थानीयको ठुलो उपस्थित रहेको थियो ।
यस कल्वको लागी योगदान पुर्याउने स्थानीय गिता घिमिरेलाई संस्थाको तर्फवाट उच्च सम्मान गर्दै सहयोग प्रति आभार व्याक्त गरिएको थियो । स्थानीय गायक प्रकाश अधिकारीको गीत र अन्जु वेल्वासेको नृत्य लगायतले वातावरण मनोरंजनात्मक वनाएको थियो । गायन र नृत्य प्रस्तुत गर्नु भएको कार्यक्रम पाणिनी ५ स्थित काफलवुटामा सम्पन्न भएको थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु