भुमिकास्थानको नुवाकोटमा लोपोन्मुख तथा संकटापन्न वन्यजन्तु संरक्षण सम्बन्धि सचेतना गोष्ठी सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा लोपोन्मुख तथा संकटापन्न वन्यजन्तु संरक्षण सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुह का सदस्यहरुलाई वन्यजन्तु संरक्षणको आवश्यकता र यसको महत्व,  मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धि जानकारी,  विशेष गरी चितुवाको विशेषता,  यसले आक्रमण गर्ने तरिका तथा बच्ने उपायको जानकारी गराइएको थियो । 
कार्यक्रम सहजीकरण वन रक्षक रिसब श्रेष्ठ र लछुमन खनालले गर्नु भएको थियो । यस्तै प्रस्तुतिकरण  वन अधिकृत शिला पोख्रेलले गर्नु भएको थियो । 

अन्य समाचारहरु