अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको चुत्राबेसीमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोलामा कलश यात्रा सहित एक महिना धार्मिक साउने मेला शुरु भएको छ ।
एक महिना धार्मिक साउने मेलामा विहिबार शुरु बोल बम कलश यात्रा गरिएको थियो । भजन तथा नाचगान सहित निकालिएको कलश यात्रामा सयौ भक्तजनहरुको सहभागीता रहेको थियो ।