सन्धिखर्क बजारमा पार्किङ्ग ब्यवस्थापन गरिदै

कमल बिष्ट
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  सन्धिखर्क वडा नम्बर-१ मा सवारी व्यवस्थापनको अवस्था अनुगमन साथै सडक छेउँमा सवारी पार्किङ्ग लाई ब्यवस्थापन गर्ने उद्देश्यले सनपा-१ का जनप्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले अनुगमन गरेको छ ।
सडकको दुबै छेउमा अव्यवस्थित पार्किङ्ग गर्दा दुर्घटनाको खतरा साथै पैदल यात्रुलाई समेत आवत जावतमा समस्या आएको भन्दै अत्यधिक ब्यस्त सडकहरुमा एक एक हप्ताको समयावधिमा फेरबदल हुनेगरी सडकको दायाँ बायाँ सवारी पार्किङ्गको बोर्ड राखेर ब्यवस्थापन गर्ने योजनामा रहेको वडा सदस्य लक्ष्मण पराजुलिले जानकारी दिनुभयो । अब सन्धिखर्कको विभिन्न ब्यस्त सडकमा सवारी पार्किङ गर्दा ट्राफिक संकेत हेरेर मात्र पार्किङ्ग गर्नुपर्नेछ ।
वडा अध्यक्ष युवराज बन्जाडेले सवारी पार्किङ्ग ब्यवस्थापनमा सहयोग गरि दुर्घटना न्यूनीकरणमा सहयोग गर्न सबै वडाबासीमा अपिल गर्नुभएको छ । 

अन्य समाचारहरु