अर्घाखाँचीको पर्यटन विकासमा सवैको एकता अपरिहार्य विकास संभव छ:- नारायण खत्री (विशेष अन्तरवार्ता भिडियो सहित)

डिआरजी सुमन
अर्घाखाँची डटकम / व्युरो काठमाण्डौ ।  अर्घाखाँची जिल्ला भित्रको समग्र पर्यटन विकास सम्बन्धि आगामी दिनमा युवापंत्तीको भूमिका कसरी अगाडी वनाउन सकिन्छ त भन्ने विषयमा जिल्लामा रहेर वाँ वाहिर रहेर सधै निरन्तर जुटी रहने राष्ट्र सेवक कर्मचारी नारायण खत्रीले दिन रात यसै विषयमा सोच्ने र जिल्लाको विकास सम्बन्धी अध्ययान गरी रहने सुनेपछि अर्घाखाँची डटकमसँग गरिएको कुराकानिमा एकता अपरिहार्यता रहेको धारण राख्नु भएको छ ।
साचिकै जिल्लाको विकास कसरी संभव छ त भन्ने जिज्ञासामा उहाँ वताउनु हुन्छ कि आगामी दिनमा युवापंत्ति कुनैपनि पार्टी , गुट र दल नभनी विकासका लागी मिलेर अगाडी वढ्नु पर्छ ।
देशकै मुख्य प्रशासनिक केन्द्र सिंह दरबार स्थित गृह मन्त्रालयको कार्य कक्षभित्र वाटै अर्घाखाँची डटकमले लिएको अन्तरवार्तामा उहाँ जहाँ रहेता पनि समग्र जिल्ला कै लागी काम गर्न इच्छुक रहेको वताउनु भयो । अर्घाखाँची जिल्ला सन्धिखर्क नगर पालिका वडा नं ६ भुवन डाडा जन्म भई विगत २०७३-७४ मा अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको ज़िम्मेवार  समेत संभाली सक्नु भई हाल गृह मन्त्रालयमा कार्यरत नारायण खत्रीसँग गरिएको कुराकानी विश्व परिवेशको ईतिहासलाई साक्षी राख्दै समग्र जिल्लावाँसीको एकताको विकल्प नरहेको वताउनु भएको छ ।
जिल्ला कै प्रतिष्ठित वगैचा शान्ति वगैचा र लदाम वगैचालाई युरोपियन सैलीमा लैजान महत्वपुर्ण योगदान गरी जिल्लावाँसीको मनमुटुमा रहन सफल खत्रीले “यात्रा अर्घाखाँची ” नामम पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरी सक्नु भएको छ  । उहाँले अर्घाखाँची जिल्लालाई राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा पहिचाहन गराउन अहोरात्र तन,मन र धन लगाई लाग्नु भएको कुरा इतिहास साक्षी छ । अर्घाखाँची जिल्लामा रहदै गर्दा जिल्ला स्थित विभिन्न सामाजिक क्षेत्रमा योगदान गरी सक्नु भएको हुदा आज काठमाण्डौमा रहेता पनि उहाको जिल्ला प्रतिको मायामा कमि देखिदैन ।
भिडियो/तस्विर – डिअारजी सुमन/अर्घाखाँची डटकम

अन्य समाचारहरु