कृष्ण परिवार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले अनुगमनमा तीब्रता दिएको छ ।
सन्धिखर्क वडा नम्बर १ मा सवारी ब्यवस्थापनको अवस्था अनुगमन साथै सडक छेउमा सवारी पार्किङ्गलाई ब्यवस्थापन गर्ने उद्देश्यले स .न :पा १ का निर्वाचन वडा अध्यक्ष युवराज बन्जाडे जिल्ला ट्राफिक प्रहरी नायव निरिक्षक राजिब श्रेष्ठले अनुगमन गरेका छन ।
सडकको दुबै छेउमा अव्यवस्थित पार्किङ्ग गर्दा दुर्घटनाको खतरा साथै पैदल यात्रुलाई समेत आवत जावतमा समस्या आएको भन्दै अत्यधिक ब्यस्त सडकहरुमा एक एक हप्ताको समयावधिमा फेरबदल हुनेगरी सडकको दायाँ वा बायाँ सवारी पार्किङ्गको बोर्ड राखेर ब्यवस्थापन गर्ने योजनामा रहेको वडा सदस्य लक्ष्मण पराजुलिले जानकारी दिए अब सन्धिखर्कको विभिन्न ब्यस्त सडकमा सवारी पार्किङ गर्दा ट्राफिक संकेत हेरेर मात्र पार्किङ्ग गर्नुपर्नेछ ।
सवारी पार्किङ्ग ब्यवस्थापनमा सहयोग गरि दुर्घटना न्यूनीकरणमा सहयोग गर्न सबै वडा बासिमा अपिल गर्नुभएको छ । सो कार्य आइतबार बिहानबाट सुरु हुनेछ ।