हामी सदैव मैदान- अर्घाखाँचीका गाँउकै लागी एकता गरिरहेका छौ: सफल व्यावसायी शिव वेल्वासे (विशेष अन्तरवार्ता भिडियो सहित)

डिआरजी सुमन
काठमाण्डौ  अर्घाखाँची डटकम / व्युरो ।  नेपाली समाजमा सामान्यतः उच्च शिक्षा पढेपछि सरकारी जागीर नै खानु पर्छ आयोग नै लड्नु पर्छ भन्ने आम मानिसको चाहाना हुन्छ तर तथाकथित यस्तो पनि देख्न मिल्छ यस्तो विपरीत पनि हुने गर्दछ ।
यस्तो एक उदाहरण जसले २०३३ सालमै एसएलसी पास गरेपछी काठमाण्डू प्रवेश गरी उच्च शिक्षा लिएर कलेज पढेर पनि होटल व्यवसाय गरी मैदानवासी मात्र नभएर धेरैको मनमा वस्न सफल व्यावसायि हुनु भएको छ उहाँ पाणिनी ५ मैदान निवासी शिव वेल्वासे जो विक्रम सम्वत् २०३६ साल देखी काठमांडौमै हुनु हुन्छ ।
त्यतिवेला काठमाण्डौमा मैदानवाट कोहीपनि आएर वसेका थिएनन् म नै पहिलो थिए उहाँ भन्नु हुन्छ । म काठमांडू आउदा धेरै दुख पाए तर पछि यतै सेटल भए त्यसपछि भने धेरै मैदानवासी आउनु भयो अनि हामी एकता हुनु पर्छ भनेर मैदान काठमाण्डू समाज गठन गरी धेरै सहयोगी काम गर्न सुरु गर्यौ भन्नु हुन्छ शिव वेल्वासे ।
अर्घाखाँची मैदानवाट काठमाण्डौमा प्रवेश गरी सफल होटल व्यावसायिको रुपमा पहिचाहन कमाई सक्नु भएका एक सफल व्यावसायि शिव वेल्वासे भन्नु हुन्छ हामी सदैव गाँउकै लागी एकता गरिरहेका छौ । 
तस्विर – दीपक भूसाल /अर्घाखाँची डटकम

अन्य समाचारहरु